-
काठमाडौँ ।
मालदार मालपोतमा कर्मचारी सरुवा गर्न कतिसम्म तिकडम हुन्छ भन्ने कुरा भुक्तभोगीहरुलाई मात्र थाहा हुन्छ । मन्त्रालयका सुब्बादेखि बिभिन्न बिचौलियासम्मले मालदार मालपोतमा लाइन मिलाउने गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयदेखि भूमि मन्त्रालयसम्म मिलाएपछि भूमि व्यवस्था तथा अभिलेख विभागमा पनि दानापानीको व्यवस्था गर्नु पर्ने भुक्तभोगी कर्मचारीहरु बताउँछन् । भूमि मन्त्रालयमा सबैभन्दा धेरै लाइनको काम गर्ने स्टोर किपर सुब्बा युवराज गिरी हुन् ।

जुन सरकारको मन्त्री आउँछ त्यही पार्टीको कर्मचारी संगठनका नेताहरुसँग लपक्क लागेर गिरीले मस्ती मार्ने गरेका छन् । त्यही भएर उनी दशौं बर्षसम्म मन्त्रालयको स्टोरमा मस्ती मारिरहेका छन् । त्यसका लागि अहिले गिरी एमाले समर्थित कर्मचारीका नेतालाई प्रभावमा पार्ने गरेका छन् । मन्त्री तथा अन्य निकाय आफ्नो प्रभावमा नआए बिभिन्न पत्रकार प्रयोग गरेर विरुद्धमा समाचार लेखाउने गरेको मन्त्रालयमै चर्चा छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागका कर्मचारी प्रशासनका प्रमुख टेकराज अर्यालयसँग साँठगाँठ गरेर मालपोतका कर्मचारीलाई इच्छाएको कार्यालयमा पठाउने विचौलियाको रुपमा गिरीले काम गरिरहेका थिए । अवैध रकम लिएर उनले बिभिन्न मालपोतमा कर्मचारी पठाउने काम गर्दथे । अहिले उनीहरुबीच खटपट सुरु भएपछि विगतका कर्तुत बाहिर आउन थालेको छ ।
अर्याल मन्त्रालयमै कर्मचारी प्रशासन,समस्याग्रस्त सहकारीदेखि मालदार अड्डामा बसेर अकुत आर्जन गर्ने कर्मचारीमा पर्दछन् । अर्याल र गिरीको योजनामा धेरै कर्मचारी मालपोतमा लगिएको विभागका एक सुब्बाले बताए ।
टेकराज अर्याल र गिरी मामा भान्जाको नाता लगाउँथे । मामा भान्जा मिलेर हरेक काममा अवैध आर्जन गरेको कुरा मन्त्रालयमा पनि चर्चा छ ।
तर, अर्याललाई नै धोका दिएर संकलन गरेको अवैध रकम गिरीले एक्लै कुम्ल्याएपछि दुईभाईको वाकयुद्ध चलेको छ । त्यसकारण एकले अर्काको बारेमा सूचना दिँदै हिँडेका छन् ।
मन्त्रालयमा बसेर केही मन्त्रीको मान्छे केही सचिवको मान्छे भनेर उठाएको रकम गिरी एक्लैले सल्टाएपछि गिरी र अर्यालयबीच दरार उत्पन्न भएको छ ।
अहिले गिरीको सिफारिसका सरुवा अर्यालले रोक्न थालपछि गिरी अर्यालविरुद्व समाचार लेखाउँदै हिँडेको एमाले कर्मचारी सङ्गठनका एक नेताले बताए ।






