दश दिनदेखि पहिरोका कारण वन्द रहेको अरनिको राजमार्ग आजसम्म पनि सञ्चालन हुन सकेको छैन । सर्वसाधारण आवजतजावत गर्न पनि असहज भएको यो मार्ग बन्द हुँदा चीन बाट आएका अरवौँ रुपैयाँका सामान खेर जाने अवस्थामा पुगेको छ ।

नजिक रहेको चाडपर्वमा प्रयोग हुने सामानहरु पनि थुनिएर रहेका छन् । फलफूलजस्ता सामानहरु बिग्रने कारण व्यवसायीहरुले भरियामार्फत वोकाएर काठमाण्डौँतर्फ ल्याउन वाध्य भएका छन् ।
दैनिक करोडौंको राजस्व संकलन गर्ने तातोपानी नाकाको राजमार्ग व्यवस्थित हुन नसकेको धेरै भयो ।
हरेक वर्षायाममा यो मार्गमा समस्या आउँदा धेरै नोक्सान हुने गरेको व्यवसायीहरु बताउँछन् ।
चीनको खास क्षेत्रवाट काठमाडौँसम्म सामान ल्याउने द्रुत मार्गको रुपमा रहेको यो राजमार्ग निर्माणमा सरकारी पक्ष उदाशिन देखिएको व्यवसायीको आरोप छ ।






