काठमाडौ ।अर्थ मन्त्रालयको निर्णय अनुसार १२ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।

सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा पठाइएको छ भने टंकप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा पठाइएको छ ।
त्यस्तै, भन्सार विभागका महानिर्देशकलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषक महाशाखा तानिएको छ । उनको ठाउँमा मन्त्रालयमा सहसचिव श्याम प्रसाद भण्डारीलाई पठाइएको छ ।






