चौतारा ।

आर्थिक वर्ष ०८० – ०८१ मा चौतारा साँगाचोकगढी नगरपालिकाको पदाधिकारी खर्च १ करोड १३ लाख ६४ हजार रुपैयाँ रहेको छ । जुन आन्तरिक आयको ४ दशमलव ३८ प्रतिशत हो ।
कुल आन्तरिक आय ३५ करोड ११ लाख ५४ हजार मध्ये अहिलेसम्म २३ करोड ९२ लाख ६३ हजार ६ सय ७१ राजस्व बाँकीसहित प्राप्त भएको देखिन्छ ।
पूँजीगत खर्चतर्फ ३२ करोड १२ लाख ६८ हजार ८ सय ५८ रुपैयाँ मध्ये १८ करोड ९० लाख ८८हजार ६ सय ८१ रुपैयाँ खर्च भएको अभिलेख देखिन्छ । जसले लक्ष्यको ५८.८० प्रतिशत मात्र पूरा गरेको छ ।
पालिकाले प्राप्त गरेको कुल आन्तरिक आयको ८.३४ प्रतिशत रकम मात्र प्रशासनिक सुविधामा खर्च गरिएको छ । यद्यपि, राजस्व बाँकीको कम र आन्तरिक आयको न्यून संकलनले विकास निर्माणका योजना प्रभावित भएकोे छ । तर, पदाधिकारी सुविधा भने अचाक्ली रहेको छ ।
खर्च वृद्धि र आय संकलनमा सुधारका लागि तत्काल कार्ययोजना बनाई प्रशासनिक खर्च नियन्त्रण गर्दै विकास निर्माणमा बढी रकम विनियोजन गर्न महालेखा परीक्षक कार्यालयले आग्रह गरेको छ ।






