मेलम्ची ।

मेलम्ची नगरपालिकास्तरमा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको दुईदिने वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ।
उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरूले आफ्नो वार्षिक प्रगति प्रस्तुत गर्नेछन् ।
त्यसैगरी आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक सुधारबारे छलफल गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पर्शुराम श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक , फेयरमेड र नगरपालिका स्वास्थ्यका प्रतिनिधि लगायतको सहभागीता छ ।






