काठमाडौं । युएईमा आयोजित युनिटी कप अन्तरगतको पहिलो म्याचमा नेपालले वेस्ट इन्डिजलाई हराएको छ । नेपालको राष्ट्रिय टीमले कुनै पनि टेस्ट राष्ट्रलाई पहिलोपटक हराएको हो ।
नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि नविन बिडाइसले सर्वाधिक २२ रन बनाए । बलिङमा नेपालका कुशल भुर्तेलले २, रोहित पौडेल, ललित राजवंशी, करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।






