काठमाडौं । देशको प्रशासनिक मुटु मानिने सिंहदरबारभित्र आज दिउँसो १२ बजेदेखि विद्युत् आपूर्ति बन्द हुँदा सम्पूर्ण कामकाज ठप्प भएको छ। करिब ६ हजार कर्मचारी बत्ती नबलेको कारण कार्यालयमै निष्क्रिय बसिरहेका छन्।

सिंहदरबारस्थित मन्त्रालय, विभाग र निकायहरूमा कम्प्युटर, प्रिन्टर, इन्टरनेटलगायत सम्पूर्ण विद्युत् उपकरण चल्न नसकेपछि सेवाग्राहीले समेत समस्या भोगिरहेका छन्।
यसबारे ऊर्जा मन्त्रालयसँग बुझ्दा मन्त्रालयका अधिकारीहरूले आफूहरूलाई पनि औपचारिक जानकारी नभएको बताए ।
यो समस्या विद्युत् आपूर्तिको प्राविधिक अवरोधका कारण हो वा आन्तरिक सर्किटमा समस्या आएको हो भन्नेबारे अहिलेसम्म कुनै प्रष्ट जानकारी आएको छैन।
सिंहदरबारभित्र बत्ती नबलेको घटनाले देशकै मुख्य प्रशासनिक केन्द्रमा समेत ऊर्जा आपूर्तिको विश्वसनीयता र तयारीप्रति गम्भीर प्रश्न उठाएको छ।






