काठमाडौँ ।
काठमाडौँ प्रहरीले ललितपुर बस्ने सम्राट् भन्ने राजु परियारलाई पक्राउ गरेको छ । सिंहदरबार जलाउने काममा संलग्न भएको आरोपमा परियार पक्राउ परेका हुन् । प्रहरीको एसएलआर बोकेर सिंहदरबारमा आगजनीमा संलग्न भएको तस्बिर र भिडिओका आधारमा उनी पक्राउ परेका हुन् । विगतमा पनि अपराधमा संलग्न भएका परियारलाई अदालतमा म्याद थप गरेर थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ ।






