काठमाडौं :भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न मन्त्रालय, जिल्ला समन्वय समिति तथा स्थानीय तहमा २१ जना शाखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयको साउन १५ गतेको निर्णयअनुसार सरुवा गरिएका अधिकांश कर्मचारी मन्त्रालयको अतिरिक्त शाखामा कार्यरत रहेका शाखा अधिकृत हुन्। लामो समयदेखि अतिरिक्त समूहमा रहेका कर्मचारीलाई विभिन्न मन्त्रालय, जिल्ला समन्वय समिति तथा स्थानीय तहमा खटाएर जनशक्ति व्यवस्थापन गरिएको हो।
सरुवा सूचीअनुसार केही शाखा अधिकृतलाई गृह मन्त्रालय, ऊर्जा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालयलगायतका निकायमा पठाइएको छ भने केहीलाई जिल्ला समन्वय समिति र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
यसैबीच मन्त्रालयले रसुवा र नुवाकोटका दुई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेकाले अतिरिक्त शाखामा रहेका अधिकृतलाई त्यहाँ पठाएको छ। उत्तरगया गाउँपालिकामा जय राम उप्रेती, ककनी गाउँपालिकामा खगेन्द्र पौडेल तथा शिवपुरी गाउँपालिकामा सुदीप सापकोटालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ।
मन्त्रालयले कर्मचारी व्यवस्थापनलाई चुस्त बनाउने तथा रिक्त रहेका कार्यालयमा जनशक्ति पूर्ति गर्ने उद्देश्यले सरुवा गरिएको जनाएको छ।

सुचि यश प्रकार छन्:







