सरकारले विभिन्न देशमा यसअघिको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ ।

चीन,बेलायत,अमेरिका,जर्मनी,साउदी अरेबिया,स्पेन,जापानलगायतका राजदूतहरुलाई कात्तिक २० भित्र फर्किसक्न भनेको छ ।
यीमध्ये जापानका दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका हुन्,उनी तत्कालीन परराष्ट्रमन्त्री डा।आरजु देउवानिकट मानिन्छन् ।
राजनीतिक नियुक्तिकै भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालाई भने यथाव राखिएको छ ।
फिर्ता वोलाइएका राजदूतहरु
१)चीनका राजदूत कृष्णप्रसाद ओली
२) अमेरिकाका लोकदर्शन रेग्मी
३)बेलायतका चन्द्रकुमार घिमिरे
४)जापानका डा.दुर्गाबहादुर सुवेदी
५)जर्मनी डा.शैल रुपाखेती
६)इजरायलका डा.धनप्रसाद पण्डित
७)मलेसियाका डा.नेत्रप्रसाद तिमल्सिना
८)कतारका रमेशचन्द पौडेल
९)रुसका जंगबहादुर चौहान
१०)साउदी अरब नरेशबिक्रम ढकाल
११) स्पेन सनिल ढकाललाई






