काठमाडौँं ।

नेपाल प्रहरीमा यो वर्षको सर्बोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी )मा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई प्रदान गरिएको छ ।
७०औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई डीएसपी भण्डारीलाई पुरस्कार प्रदान गरेका हुन् ।
भण्डारी लामो समयदेखि हाइप्रोफाइल घटनाको अनुसन्धानमा संलग्न रहँदै आएका छन् । पूर्ण शान्ति पुरस्कार भने जिल्ला प्रहरी कार्यालय, रामेछापमा कार्यरत डीएसपी भोला भट्टलाई दिइएको छ ।
त्यस्तै, यो वर्षको योगेन्द्र स्मृति साहसिक पुरस्कार डिल्लीबजार कारागारमा कार्यरत इन्सपेक्टर दुर्गा राईलाई प्रदान गरिएको छ ।
उनले जेनजी आन्दोलनमा कारागारबाट कैदी भाग्न नदिई साहसिक काम गरिएको आधारमा यो पुरस्कार प्रदान गरिएको हो ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड भने पूर्वडीआईजी कृष्णबहादुर रानालाई दिइएको छ ।






