चाँगुनारायण नगरपालिका,वडा नं.२ को आयोजना तथा असल छिमेकी आवास समाजको सहआयोजकत्वमा रक्तदान,सरसफाई तथा डष्टबिन वितरणका साथ शुभदिपावली ०८२ को अवसरमा शुभाकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
समुदायको लागि २ घण्टा अभियान अन्तर्गत १२९ औं हप्तामा सो कार्यक्रम गरिएको अभियानका संयोजक एवं चाँगुनारायण नगरपालिका,वडा नं.२ का वडाअध्यक्ष सोम प्रसाद प्रधानले अवगत गराए ।
असल छिमेकी आवास समाजका अध्यक्ष गोविन्द कार्कीद्धारा स्वागत गर्दै शुभारम्भ गरिएको कार्यक्रममा २१ पउण्ड रगत संकलन भएको र वडाद्धारा आवाश्यकीय संख्यामा असल छिमेकी आवास समाजलाई डष्टबिन समेत वितरण गरिएको थियो । यस अभियानका परिकल्पनाकार एवं प्राज्ञ आर्दश समाजका अध्यक्ष नबराज काफ्लेको सञ्चालनमा भएको सो कार्यक्रममा चाँगुनारायण नगरपालिका,वडा नं.२ का निवर्तमान वडाअध्यक्ष शिवहरि केसी,जनप्रतिनिधिहरु उमेश प्रधान,प्रेम खत्री,पूर्व जनप्रतिनिधि मोहन पौडेल,प्रहरी प्रभाग दुवाकोट,नेपाल रेडक्रस सोसाईटी दुवाकोट उपशाखा,वडाभित्रका विद्यालयहरु,नेप्सेम्याक,विभिन्न टोल सुधार समितिका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।







