काठमाडौं ।

गृह मन्त्रालयले देशैभरका प्रमुख जिल्ला अधिकारीहरूलाई ६३ बुँदे निर्देशन जारी गरेको छ ।
मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, विपद् व्यवस्थापन, र आसन्न निर्वाचनको तयारीलगायतका विषयमा विशेष निर्देशन दिएको हो ।
गृहसचिव स्तरीय निर्णयअनुसार जारी गरिएको निर्देशनमा आम नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति दिलाउन जोड दिइएको छ।
निर्देशनमा विभिन्न बहानामा हुन सक्ने अवाञ्छित गतिविधि, चन्दा आतंक, र कानुन विपरीतका कार्यलाई कडाइका साथ नियन्त्रण गरी आम नागरिकको जिउधनको सुरक्षामा कुनै कसर बाँकी नराख्नू भनिएको छ ।













