
काठमाडौं ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघको संयुक्त प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर स्थानीय सरकार सञ्चालनका विविध पक्षमा ११ बुँदामा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानासहित आइतबार मन्त्रालयमा पुगेको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री खनालले स्थानीय सरकारले उठाएका सवालप्रति नेपाल सरकार गम्भीर रहेको र उठाइएका मागलाई कार्यान्वयनमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।






