नेपाल प्रहरीका ५ एसएसपी डिआईजी बढुवाको लागि सिफारिस भएका छन् । बढुवा समितिले गरेको सिफारिसमा एक नम्वरमा भुपेन्द्रवहादुर खत्री छन् । तर, एसएसपीमा एक नम्वरमा रहेका बिश्व अधिकारी बढुवामा छुटेका छन् । जेनजी आन्दोलनका क्रममा अधिकारी काठमाडौँ प्रहरी प्रमुख थिए । उनको कमाण्ड गतिलो नभएको भन्दै आलोचना भएको थियो ।







