पोखरा । न्यानो लुगासहित होटल बुकिङ गरेर मात्र ट्रेकिङमा निस्कन जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेको छ ।

प्रशासनले सामाजिक सञ्जालमार्फत अन्नपूर्ण आधार शिविर (एबीसी) , घोडेपानी पुनहिल, टोड्के लगायतका क्षेत्रमा निस्कँदा न्यानो लुगा, बस्ने बासको पूर्वनिश्चित र साथमा हाई अल्टिच्युट लागेमा खानुपर्ने औषधिजन्य सामानहरू बोकेर निस्कन आग्रह गरेको हो ।
‘आजभोलि मौसम विज्ञहरूले पश्चिम क्षेत्रमा चिसो मौसम बढ्न सक्ने र हिमपातको समेत अनुमान गरिरहेकाले पदयात्रामा निस्कँदा न्यानो लुगा, बस्ने बासको पुर्वनिश्चित र साथमा हाई अल्टिच्युट लागेमा खानुपर्ने औषधिजन्य सामानहरू बोकेर हिड्न अनुरोध गर्दछौँ,’ सामाजिक सञ्जालमा भनिएको छ ।






