काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर गएका छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पतीको लामो समय काठमाडौँमा सेनाको अस्पतालमा उपचार गरिएको थियो । टाउको र गर्धनमा चोट लागेका कारण उनीहरुलाई थप उपचारको आवश्यकता रहेको चिकित्सकको सल्लाह थियो । थप उपचारको लागि सोमवार राती ११ बजेको नेपालको विमानस्थलबाट सिंगापुर उडेको स्रोतले जानकारी दियो ।






