दिपावलीका पट्काको धुँवाले प्रदूषण बढाउपछि दिल्लीमा कृतिम बर्षा
काठमाडौँ ।

दिपावलीका बेला पड्काइएको पटाका र आतिशबाजीका कारण पनि दिल्लीमा प्रदूषण बढेको थियो । सो प्रदूषण हटाउन कृतिम वर्षाको प्रयास गरिएको हो । भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरे अनुसार दिल्ली आसपासका क्षेत्रमा पराल र छ्वाली डढाउने गतिविधिले पनि प्रदूषण बढेको हो । ‘यो क्लाउड सिडिङ सेस्ना विमानमार्फत् आइआइटी कानपुरले गरेको हो। विमान मेरठतर्फबाट दिल्ली प्रवेश गरी खेकडा, बुराडी, नर्थ करोल बाग, मयूर विहार, सादकपुर र भोजपुर क्षेत्रमा सीडिङ गरिएको हो,’ दिल्ली सरकारका वातावरणमन्त्री मनजिन्दर सिंह सिरसाले भने ।
क्लाउड सिडिङका लागि आठ वटा फ्लेयर प्रयोग गरिएको थियो । जसले दुईदेखि अढाइ मिनेटसम्म काम गर्छन् । प्रत्येक फ्लेयर करिब दुईदेखि अढाइ किलोसम्म तौलको हुन्छ र यसबाट सिल्वर आयोडाइड, सोडियम क्लोराइड र पोटासियम क्लोराइड जस्ता रसायन विशेष विमानमार्फत् बादलमा छरिएका थिए ।
यसरी हुन्छ, क्लाउड सिडिङमा वर्षा
रसायनहरूको प्रयोग गरेर कृत्रिम वर्षा गराउने प्रक्रियालाई क्लाउड सिडिङ भनिन्छ । यसमा सिल्वर आयोडाइड, सोडियम क्लोराइड, पोटासियम क्लोराइड जस्ता रासायनिक पदार्थ विमान वा ड्रोनमार्फत् बादलमा छरिन्छन् ।
यी पदार्थले बादलभित्रको स–साना पानीका कण आपसमा जोड्ने र बरफका टुक्रा बन्ने प्रक्रिया तीव्र पार्छन्, जसले गर्दा अन्ततस् वर्षा हुन्छ ।
यो प्रविधिको विकास सन् १९४० तिर अमेरिकी वैज्ञानिक भिन्सेन्ट जे। शेफरले गरेका थिए । हाल अमेरिकादेखि चीन र संयुक्त अरब इमिरेट्स लगायत विभिन्न देशले प्रदूषण नियन्त्रण र पानी अभाव समाधानका लागि यसको प्रयोग गर्दै आएका छन् ।
दिल्लीमा पनि यही प्रविधिबाट प्रदूषण घटाउने प्रयास गरिएको हो, तर यो प्रयास सफल हुने वा नहुने प्रतिक्षाको विषय बनेको छ ।






