सर्वोच्च अदालतमा भएको आगजनी र ध्वंसका बारेमा अदालत आफैँ प्रहरी समक्ष जाने बिषयमा फरकखाले धारणा आएको छ । बरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले यो बिषय उपयुक्त नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेखेर उनले अदालतमा भएको तोडफोड र आगजनी अक्षम्य र जघन्य अपराध नै हो भनेका छन् । दोषीलाई हदै सम्मको सजाय हुनै पर्ने उनको भनाई छ । तर, अदालत आफै जाहेरवाला हुनु उपयुक्त होइन भनेर लेखेका छन् । —

अदालतमा भएको तोडफोड र आगजनी अक्षम्य र जघन्य अपराध नै हो । दोषीलाई हदै सम्मको सजाय हुनै पर्दछ।
तर मेरो बिचारमा अदालत आफै जाहेरवाला हुनु उपयुक्त होइन ,किनकी त्यो मुद्दा भोलि अदालत आउँदा कस्ले छिन्ने ? FAir-Trail को दृस्ठिकोण ले र प्राकृतिक न्यायको दृस्ठिकोणबाट यो उचित हुदैन। अदालतले क्षतिको बिबरण प्रहरिलाई दिने र त्यसैबाट प्रहरी आफै प्रतिबेदक भएर अनुसंधान र अभियोजन गरिनु उपयुक्त हुन्छ। जतिसुकै प्रतिकुलतामा पनि अदालतको आत्मा सम्यमता गुम्नु राम्रो मानिदैन ।






