काठमाडौं ।
क्यानडाको आवाशीय काड बोकेर नेपाल प्रहरीमा जागिर खाइरहेका एक प्रहरी अधिकृतले राजीनामा दिएका छन् । जहान परिवार विदेशमै रहेका प्रहरी वरिष्ठउपरीक्षक ( एसएसपी) प्रकाश रानाभाटले राजीनामा बुझाएका हुन् । ०५८ सालमा प्रहरीमा प्रवेश गरेका रानाभाट क्यानडाका पिआर भएका व्यक्ति हुन् । उनका परिवार उतै बसिरहेका छन् । उनीमाथि छानबिन भएपछि राजीनामा दिएको पारिवारिक स्रोतले जानकारी दियो ।
सुदूरपश्चिम प्रहरी कार्यालयमा कार्यरत रानाभाट पूर्वगृहमन्त्री रमेश लेखकका बिश्वास पात्र हुन् ।
त्यसअघि बिदेशी परिचयपत्र भएका कारण बढुवामा छुटेका थिए उनी । यसरी नेपालको सुरक्षा निकायमा काम गरेर बिदेशमा जहान परिवार राखेर आफू पनि पिआर लिएका सुरक्षा अधिकारी लाई राजीनामा स्वीकृत भन्दा पनि कार्वाही गर्नु पर्ने आवाज पनि एकाथरीले उठाइरहेका छन् ।







