काठमाडौँ ।

सरकारले फिर्ता बोलाएका बेलायतका राजदूत चन्द्र घिमिरेले राजीनामा दिएका छन् । नेपाल आएर उनले राजीनामा दिएका हुन् ।
सरकारले सर्वोच्चको अन्तरिम आदेश विपरीत तीनभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिए लगत्तै मंगलबार साँझ नेपाल प्रस्थान गरेका घिमिरेले बिहीबार परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
देशकै प्रतिनिधित्व गर्ने गरिमामय पदले डिग्निटी नपाएपछि राजीनामा दिएको उनको भनाइ छ ।






