काठमाण्डौं । नेपाल टेलिभिजनको अंग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु भएको छ । सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवको अवसर पारेर आजदेखि ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आज एक विशेष समारोहमा ‘एनटिभी वर्ल्ड’को प्रसारण औपचारिक शुभारम्भ गरे ।







