काठमाडौँ । मुख्मन्त्रीलाई होटलमा शपथ खुवाएपछि अशान्त वनेको मधेश प्रदेश आज पनि तनावमा छ । मधेश प्रदेश भवन अगाडि सात दलका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् । उनीहरूले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका हु ।

प्रदर्शनमा नेकपा एमालेबाहेकका सबै पार्टीका सांसद र नेता कार्यकर्ता सहभागी छन् ।
मधेश भवनअगाडि प्रदर्शनसँगै टाइर बालिएको छ । संविधानको धारा १६८ ९२० अनुसार सरकार बन्ने अवस्था हुँदा पनि एमालेका लागि धारा १६८ ९३० अनुकूल बनाउने काम गरेको भन्दै दलहरूले सभामुखको राजीनामा मागेका हुन् ।
मधेशमा एमालेको सभामुखसहित २५ सदस्य छ । यसमा एक सदस्य निलम्बनमा छन् । ठूलो दलको हैसियतले धारा १६८ को उपधारा ३ अनुसार मधेशमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव सोमबार बिहान मुख्यमन्त्री भएपछि सात दलको प्रदर्शन सोमबारदेखि नै जारी छ ।






