काठमाडौँ ।

निजामती कर्मचारी जीवनमा भ्रष्टाचारजन्य निर्णय र सेटिङ हान्न माहिर सचिव कृष्णहरि पुष्कर मुख्यसचिव बन्ने भन्दै समाचार लेखाउन थालेका छन् ।
अर्थ मन्त्रालयमा हुँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई समेत बदनाम हुने गरी डुबाएका कृष्णहरि पुष्कर भारतीय सेटिङ मिलाएर मुख्यसचिवको लाइन मिलाई रहेका छन् ।
२०७९।०८० बजेट सार्वजनिक गर्दा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणको अघिल्लो मध्यरात नासु रघुनाथ घिमिरेलाई मन्त्रालयमा घुसाएर करका दर हेरफेर गरेपछि उत्पन्न विवादका कारण तत्कालीन अर्थ सचिव मधु मरासिनी सरुवा भएपछि अर्थ मन्त्रालयमै राजश्व सचिवको रूपमा कार्यरत कृष्णहरि पुष्कर अर्थ सचिवमा सरुवा भएका थिए । उनको कार्यकाल पनि विवादरहित हुन सकेको थिएन । व्यापारिक समूह र एजेन्ट अनि बिचौलियाले उपहार दिने बित्तिकै जस्तोसुकै नीतिगत निर्णय गर्ने भनेर अर्थ मन्त्रालयमा उति बेला पुष्करको निकै ठुलो बदनाम भएको थियो ।
सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहँदा पुष्करले कर्मचारी सरुवामा निकै ठुलो बदमासी गरेका थिए । जसका कारण तत्कालीन सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सरुवा गर्न कसरत गरेका थिए । तर, भारतीय दूतावासको पावरसहित काम गरिरहेका पुष्कर लाई हटाउन उनले सकेका थिएनन् । यस पटक पनि पुष्करले भारतीय दुतासबासकै सेटिङ र माफियासँगको मिलेमतोमा चलखेल गरिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री सुशीला कार्कीको टीम विदेशीको पावर लगाउने र दलाल माफियाको पक्षमा काम गर्ने कुनै पनि सरकारी कर्मचारीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने पक्षमा छैन । भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा उभिएका प्रधानमन्त्री कार्कीको मन्त्रीमण्डल पुस्करजस्तै सेटिङवाला कर्मचारीहरुका कारण सास्ती र हैरानी व्यहोर्दै आएका छन् ।






