मेलम्ची ।
ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलम्ची -९ को सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाको शनिबार प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उद्घाटन गरे । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख तामाङले सहकारीले स्थानीयको आयआर्जन वृद्धिमा सहयोग पुर्याइरहेको बताउदै सबै अनुशासनमा रहे मात्र सफल हुने बताए ।

वडा अध्यक्ष किरणदिप खडकाले सहकारी लाई थप व्यवस्थीत गर्दै अघि बढ्ने बताउदै सबैले सिद्धान्तलाई पालना गर्नुपर्ने बताए ।
आफ्नै भवन रहेको सहकारीले यसलाई तरकारी संकलन केन्द्र सहित एकीकृत कृषि केन्द्रको रुपमा संचालनका लागि थप सहयोगका लागि सहकारीका सचिव धर्मराज खडकाले आग्रह गर्नुभयो ।मेलम्ची ९ र १० कार्यक्षेत्र रहेको सहकारीका ९८० सदस्य रहेका छन ।सहकारी मार्फत ९६० पशुको बिमा गरिएको प्रबन्धक ललिता बस्नेत खडकाले जानकारी दिनुभयो ।अगिल्लो आर्थिक बर्ष देखि हाल सम्म २ करोड २२ लाख ९३ हजार २८४ ऋण लगानि गरिएको संस्थाले जनाएको छ ।चालु आर्थिक बर्षमा २३,९०० सेयर रकम वृद्धि भएको बताइएको छ त्यस्तै १० लाख १२ हजार ५८९ रुपैयाँ ९८ पैसा रुपैयाँ बचत संकलन भएको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका अध्यक्ष भेषबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन पाण्डव अधिकारीले गरेको
कार्यक्रममा नवराज घोरासैनी, मन्जु गौतम ,रुद्र केसी, भिमसेन खतिवडा , राम घोरासैनी लगायत कलाकारहरुले प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरे ।






