विराटनगर । नेकपा (एमाले) का नेता महेश बस्नेत चढेको गाडीमा केही युवाले बेलुनमा पानी भरेर हानेका छन् ।
सुनसरीको कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतलाई एयरपोर्ट गेटबाट निस्कँदै गर्दा केही युवाले रातो रङ घोलिएको पानी भरेको बेलुनले हानेको युवा संघका नेता अरुण गुरुङले बताए । सो निहुँमा दुई युवा पक्राउ परेका छन् । अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।






