नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले बैंक कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत गुण एरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायबाट आवश्यक स्वीकृति बिना बैंकिङ व्यवसाय संचालन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। सीआईबीले सञ्चालन हुँदै आएको लामो समयको अनुसन्धानका क्रममा शाक्य नेतृत्वको समूहले विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ असुली गरी अवैध कारोबार गर्दै आएको तथ्य खुलेको जनाएको छ।
अनुसन्धानमा गुण एरलाइन्सका सञ्चालक शाक्यले नेपाल राष्ट्र बैंकको अनुमति विना आमजनताबाट ठगी गर्दै बैंकिङ गतिविधि सञ्चालन गरेको पाइएपछि पुस १७ गते ललितपुर जिल्ला जावलाखेलबाट पक्राउ गरिएको जनाइएको छ ।
उच्च अदालत पाटनबाट पक्राउ अनुमति प्राप्त गरी शाक्यमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।
प्रहरीले आवश्यक कानुनी कारवाही अगाडि बढाइने समेत जनाएको छ।






