यातायात व्यवस्था कार्यालय बारा, कलैयामा बुधबार साँझ झन्डै साढे पाँच बजे प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबीच हाताहात भएको छ। कार्यालयभित्रै भएको कुटाकुटका कारण खरिदार साहको अनुहारमा चोट लागेर सुन्निएको छ भने प्रमुख दासको अनुहारमा पनि चिरा परेको जानकारी छ।

घटनापछि दुवैजनालाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। बाराका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नागेन्द्र कुवरका अनुसार प्रमुख दास र खरिदार साहबीच भएको झगडाको विषयमा आवश्यक अनुसन्धानका लागि दुवैलाई प्रहरी कार्यालयमै ल्याइएको छ।






