निर्वाचन आयोगले समानुपातिकतर्फ चुनाव लड्न चाहने दलहरूलाई निवेदन दिन आह्वान गरेको छ ।

शुक्रबार सूचना निकालेर आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न भनेको हो ।






