काठमाडौँ ।

मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि प्रहरीले छिमेकीलाई नै पक्राउ गरेको छ ।
गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो ।
दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । यद्यपि, प्रहरीले उनलाई पक्राउ गरेको औपचारिक जानकारी दिएको छैन ।
मोरङ प्रहरी प्रमुख कबित कटवालले हत्या अनुसन्धान लगभग अन्तिम चरणमा पुगको जानकारी दिए ।






