मकवानपुरको भीमफेदीको जुरीखेतमा भएको टाटा सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

ना१ज १७७८ नम्बरको टाटा सुमोमा सवार ६ जनाको मृत्यु भएको हो ।
सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको टाटा सुमोबाट उद्धार गरेर हेटौँडा ल्याइएको थियो ।
दुर्घटनामा ६ पुरुष, १ महिला, १ बालिका र १ बालक यात्रारत थिए । तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेकामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको नाम खुलेको छैन ।






