भक्तपुरको राधेराधेमा करिब दुई करोड रुपैयाँको लगानीमा अन्तर्राष्ट्रिय ब्रान्ड केल्मी (KELME) को शोरुम उद्घाटन गरिएको छ। जाडो तथा गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्ने फेन्सी तथा खेलकुद कपडाको व्यापार गर्ने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको हो।
शोरुमको उद्घाटन उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी माया धौवजे, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा निवर्तमान सासद माधव सापकोटा तथा केल्मी ब्रान्डका नेपाल विक्रेताको संयुक्त उपस्थितिमा सम्पन्न भएको थियो। विभिन्न पालिकाका प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव ईश्वर गुवाजुले सञ्चालनमा ल्याएको उक्त शोरुमले राष्ट्रिय महिला खेलाडीहरूलाई सम्मानस्वरूप केल्मी ब्रान्डका खेलकुद जर्सी तथा जाडो मौसममा प्रयोग हुने न्यानो कपडा प्रदान गरेको छ।
कार्यक्रममा उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेत, ठिमी प्रहरी वृत्तका प्रमुख नवराज ढुंगानालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा सहभागी सबैले शोरुमको व्यवसायिक सफलताको कामना गर्दै स्थानीय बजारमा गुणस्तरीय खेलकुद तथा फेन्सी कपडाको पहुँच बढ्ने विश्वास व्यक्त गरेका छन्।







