काठमाडौँ । एमाले नेता सरेश नेपालद्वारा लिखित पुस्तक “जेलभित्रका संघर्ष” आउने भएको छ । यसको औपचारिक घुम्टो खोल्ने कार्यक्रम माघ १ गते हुने भएको छ ।

पिस्कर आन्दोलन पछिको कारागार जीवनका अनुभूति, भोगाइ र भित्री यथार्थलाई दस्तावेजीकरण गर्ने उद्देश्यले लेखिएको यस कृतिले बन्द जीवनका पीडा, प्रतिरोध र मानवीय संघर्षलाई उजागर गरेको बताइएको छ ।
लेखक नेपालले कारागारलाई केवल सजायको स्थल होइन, राज्य–नागरिक सम्बन्ध, न्याय प्रणाली र मानवीय संवेदनाको कठोर परीक्षा हुने ठाउँका रूपमा चित्रण गरेका छन्।
न्याय, मानवअधिकार र कारागार सुधारमा चासो राख्ने पाठकका लागि पुस्तक महत्वपूर्ण सामग्री बन्ने अपेक्षा गरिएको छ। नेपाल एमाले राजनीतिमा सक्रिय नेता हुन । सिन्धुपाल्चोक जिल्ला सभापति , उपसभापतिदेखि प्रदेशसभाको सदस्य र मन्त्री पनि बनेका नेपाल लेखनीको क्षेत्रमा पनि सकृय छन् ।






