काठमाडौं ।

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत दलगत समानुपातिक प्रणालीमार्फत हुने निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारहरूले नाम फिर्ता लिने आज अन्तिम दिन रहेको छ । तोकिएको मिति, समय र स्थानमा उपस्थित भएर आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूबाट सिफारिस भएर आयोगमा पुगेका बन्दसूचीका उम्मेदवारहरूले २०८२ पुष २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नाम फिर्ता लिन सक्नेछन्।
नाम फिर्तासम्बन्धी कानुनी व्यवस्था अनुसार दलगत समानुपातिक चुनावमा दलहरूले सिफारिस गरेका उम्मेदवारहरूको अन्तिम सूची तयार हुनेअघि उम्मेदवार आफैले निवेदन दिएर सूचीबाट हट्न सक्ने अधिकार छ।






