प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यो संख्या अझै केही थपिन सक्नेछ ।

‘उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुग्यो । अझै केही सेवाग्राही आयोगमै हुनुहुन्छ । उम्मेदवारी फिर्ता लिनेको संख्या केही थपिन सक्छ’ भट्टराईले प्रेस पानासंग भने ।






