सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकेटेमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
आज दिउँसो करिब १२:३० बजे अरनिको राजमार्गमा बलेफीबाट बन्देउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२२ प ४७५४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ अगाडि जाँदै गरेको बा.प्र. ०२–०१७ प ९५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा बा.प्र. ०२–०२२ प ४७५४ नम्बरको मोटरसाइकल चालक त्रिपुरासुन्दरी गाउँपालिका–४ निवासी २३ वर्षीय सन्तोष गुवाजु गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सिन्धुसदावहार अस्पताल लगिएकोमा दिउँसो १ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनासँग सम्बन्धित दुवै मोटरसाइकल तथा बा.प्र. ०२–०१७ प ९५२८ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा यातायात आवागमन भने सुचारू रहेको प्रहरीले जनाएको छ।







