काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा टिकट बाढ्न सभापति गगन थापाको नेतृत्वमा संसदीय बोर्ड गठन गरेको छ। निर्वाचनको लागि टिकट बाँड्नको लागि १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो।

बोर्डमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सहभागी हुने जनाइएको छ।
हिजो निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि थप निर्णय गर्नको लागि केन्द्रीय समिति बैठक बानेश्वारमा बसेको हो ।






