थाङपालधाप,

सिन्धुपाल्चोक नेकपा एमाले पाँचपोखरी थाङपाल गाउँपालिका स्तरीय निर्वाचन परिचालन कमिटीको कार्यालय आज एक समारोह बिच उद्घाटन सम्पन्न भएको छ ।थाङपालधापको डांडांटोलमा एमाले प्रदेश कमिटी सदस्य एबं निर्बाचन परिचालन कमिटी ,पाँचपोखरीका संयोजक देबिन्द्र खत्रीले एक समारोह बिच उद्घाटन गर्नु भएको हो ।
सो समारोहमा पालिका कमिटीका पदाधिकारीहरु,विभिन्न वडाका अगुवा कार्यकर्ता लगायत एमाले जिल्ला कमिटी सचिवालय सदस्य निर्मल बन्जारा,जिल्ला कमिटी सदस्यहरु नारायण भट्टराई दोर्जे लामा मदन गुरुङ,ङीमा डोल्मा वाईवा ,वाङ्दी दोङ पुर्ब प्रदेश सदस्य शिशिर वाईबा,टासी लामा,सोमर बोम्जन,केन्द्रिय प्रतिनिधि सुनिता अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सो समारोहमा एमाले केन्द्रिय सदस्य एबं सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उम्मेदवार शेर बहादुर तामाङको समेत उपस्तिथि रहेको थियो । सो कार्यक्रममा उहाँले यो निर्बाचन देश जलाउनेहरु र बनाउने पार्टी एमाले बीचको प्रतिस्पर्धा हुने र यस पटक देश बनाउने भिजन बोकेको पार्टी एमाले देशै भरी बिजयी हुने बिचार ब्यक्त गर्नु भयो ।
पालिका कमिटी अध्यक्ष दोकदोक तामाङको अध्यक्षता र सचिब सुशान बोम्जनको सन्चालनमा भएको सो कार्यक्रममा करिब १५० जना एमाले अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको निर्वाचन परिचालन कमिटी सचिवालय सदस्य निर्मल बन्जाराले जानकारी गराउनु भयो ।






