बाह्रबिसे ।

भोटेकोशी गाउँपालिकाको दशकिलोमा बा.प. १–०३० च ३४८० नम्बरको बोलेरो पार्किङमा राखिएको कन्टेनरको टेलरसँग ठोकिँदा बाह्रबिसे नगरपालिका–२ दुरुम्थलीका सुजन तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
राति दुर्घटना भएको हो । घटना कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार बोलेरोमा सवार ७ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उद्धार गरी उपचारका लागि खाडीचौरस्थित सिन्धु सदावहार अस्पताल र काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।






