काठमाडौं ।

मलेखुबाट ताल्तीसम्म सञ्चालन हुने सवारी साधनबाट लिइँदै आएको शुल्क तत्काल रास्वपाबाट जितेकी आशिका तामागले सामाजिक सञ्जालमा निर्देशन दिएकी छन् । सम्बन्धित निकायलाई निर्देशन दिँदै उक्त सडकखण्ड प्रयोग गरेकै आधारमा सवारी साधनबाट शुल्क उठाउने कार्य बन्द गर्न भनिएको छ ।
समाजिक सञ्जाल फेसवुकमा लेखिएअनुसार अनुसार अब मलेखु–ताल्ती सडकखण्डमा गुड्ने कुनै पनि सवारी साधनले थप शुल्क तिर्नु पर्ने छैन भनिएको छ । पछिल्लो समय बाटो प्रयोगकै आधारमा विभिन्न स्थानमा शुल्क उठाइने विषयप्रति व्यापक असन्तुष्टि बढ्दै गएपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।
निर्देशन जारी गर्ने पक्षले बाटो प्रयोगकै आधारमा अनावश्यक रूपमा कर उठाउनु न्यायोचित नभएको उल्लेख गर्दै, कसैले नियमविपरीत शुल्क असुल गरेको पाइए कडा कारबाही गरिने चेतावनी दिएको छ ।






