काठमाडौं, चैत १९ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्णय गरेको छ। बिहीबार गरिएको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गतका राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत वा सो सरह) कर्मचारीहरूलाई रिक्त स्थानमा पठाइएको हो।
मन्त्रालयका अनुसार खटाइएका अधिकांश अधिकृत विभिन्न मन्त्रालयमा कार्यरत थिए। नयाँ सरकार गठन भएसँगै लामो समयदेखि खाली रहेका पदहरूमा जनशक्ति व्यवस्थापन गर्न यो प्रक्रिया अगाडि बढाइएको हो।
यसअघि पनि मन्त्रालयले विभिन्न जिल्ला समन्वय समिति तथा नगरपालिकाहरूमा ६३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइसकेको छ। हालको निर्णयसँगै स्थानीय तहमा प्रशासनिक नेतृत्व सुदृढ हुने अपेक्षा गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले रिक्त रहेका स्थानीय तहहरूमा क्रमशः प्रमुख प्रशासकीय अधिकृत पठाउने कार्यलाई तीव्रता दिएकी छन्।

सूची यस प्रकार छन् ।








