काठमाडौँ । बैंकिङ कसुर (किष्ट बैंक घोटाला प्रकरण) मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
तत्कालीन किष्ट बैंकमा कार्यरत कर्मचारीले नक्कली कागजात, नक्कली छाप तथा नक्कली कर्मचारी र सुरक्षा गार्डसमेत प्रयोग गरी बैंकलाई ठगी गरी हानि–नोक्सानी पुर्याएको मुद्दामा संलग्न तारकेश्वर वडा न: १, साङ्ला बस्ने बर्ष ४८ काे रोहितलाल श्रेष्ठ पक्राउ परेका हुन् ।
सर्वोच्च अदालतको २०८० मंसिर १५ गतेको फैसलाले उनलाई २ वर्ष कैद र १३ लाख ३३ हजार ३३३ रुपैयाँ जरिवाना तोकेको थियो । फरार रहेका श्रेष्ठलाई प्रहरीले काठमाडौँ महानगरपालिका–३, महाराजगञ्जबाट आज पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ।







