काठमाडौ : रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले उद्धार कार्यलाई तीव्रता दिएको छ । आज विहान देखि टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट ६ देशका ४५ विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
उद्धार तथा राहतका लागि नेपाली सेनाका करिब ४ हजार फौज परिचालन भएका छन् । सेनाले घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरणलगायतका काम समन्वयात्मक रूपमा अघि बढाइरहेको छ ।







