बंगलादेशमा जारी साफ यू २० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ ।

खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६(१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३(२ गोलअन्तरले पराजित भएको थियो ।
श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९(१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५(० को हार बेहोरेको थियो ।






