काठमाडौं । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका डा. मनोजकुमार शर्मा को शपथ ग्रहण आजै हुने भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला ले शर्माको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय गरिएको जानकारी दिएका छन् ।
संसदीय सुनुवाइबाट अनुमोदन भएसँगै शर्माले आजै पद तथा गोपनीयताको शपथ लिएर प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने तयारी गरिएको छ ।
शर्माको नियुक्तिसँगै सर्वोच्च अदालतको नेतृत्वले पूर्णता पाउने अपेक्षा गरिएको छ ।







