काठमाडौँ :चर्चित सेफ सन्तोष साह चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले धनुषाको मिथिला नगरपालिका–स्थित रामानन्द चोकबाट उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार काठमाडौँस्थित एक रेष्टुरेन्ट खरिद–बिक्रीको कारोबारका क्रममा दिइएको चेक अनादर भएको उजुरीपछि साहविरुद्ध अनुसन्धान अघि बढाइएको हो ।
जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।







