शुक्रवार पत्रकार सम्मेलनमा युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी मनोज थापाले यसबारे प्रष्टीकरण दिए। बाहिर हल्ला आएजस्तो सेनाले तत्कालै आगो निभाउन पहलकदमी नगरेको भन्ने कुरामा सत्यता नरहेको उनको दावी थियो।

२४ गते दिउँसो करिब १ बजे सिंहदरबारको पश्चिमी मुख्य प्रवेशद्वारमा लगाइएको आगो भित्र रहेको एउटा दमकलको सहायतामा निभाइएको उनले जानकारी दिए। त्यसपछि दमकल फेरि आफ्नो ठाउँमा गयो। २ बजे पुनस् सिंहदरबारमा आगो लाग्यो।
दमकल सिंहदरबारको आगो निभाउन परिचालन गर्न खोज्दा आन्दोलनकारीहरू दमकलकै पाङ्ग्रामा चढेर सुतेकाले तुरुन्तै आगो निभाउन नसकिएको सहायक रथी थापाले बताए।
प्रदर्शनकारीहरूलाई विभिन्न कारणबाट विभिन्न तरिकाबाट हटाइसकेपछि २ बजेर ३५ मिनेटमा सिंहदरबारको आगलागी निभाउन दमकल भित्र छिरेको सेनाले बताएको छ।






