चौतारा । नेपाल लेखापढी कानुन ब्यवसायी यसोसियसन सिन्धुपाल्चोकको चौधौ अधिवेसनले जगत प्रसाद चौलागाईलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा सोम बहादुर कार्की, सचिवमा हरि श्रेष्ठ , सह(सचिवमा धनमान तामाङ , कोषाध्यक्षमा रामप्रसाद नेपाल र सह(कोषाध्यक्षमा पार्वति फुयाल निर्विरोध निर्वाचित भएका छन्।सदस्यहरूमा भने रूपक पुरी, विना रोक्का, सन्तोष भण्डारी, राजेन्द्र भट्टराई र वाङदोर्जे तामाङ चयन भएका छन् । अधिवेशनको उद्घाटन सत्रको प्रमुख आतिथ्यता नेपाल लेखापढी कानुन ब्यवसायी सँघको केन्द्रिय अध्यक्ष सिताराम दाहालले गर्नुभएको थियो। कार्यक्रमकै अबसर पारेर लेखापढी ब्यसायीबाट अधिवक्तामा नाम निकाल्ने माधवप्रसाद ढकाल, गोमा घले र प्रेमकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यसैगरी पूर्व अध्यक्षहरू रामप्रसाद गौतम, हिराप्रसाद नेपाल , ईन्द्रलोचन धिताल,रामकृष्ण श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।







