काठमाडौं ।

जिल्ला प्रहरी परिसर काठमाडौंले स्कुटर चोरीमा संलग्न एक जनालाई स्कुटरसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८२/१०/०८ गते बुढानिलकण्ठ नगरपालिका–९ , मण्डिखाटारकाे एक क्याफे भित्रबाट बा ३७ प ८५४६ नम्बर र रु १५ हजार नगद चोरी गरि फरार रहेका रहेका व्यक्तिको खोजतलासका क्रममा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले जिल्ला सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका–६ घर भई हाल काठमाडौं–४ चाबहिल बस्ने वर्ष १९ का विजय परियारलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका परियारलाई चोरीको सोही स्कुटरसहित नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।






