काठमाडौं, जेठ १८ — प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तथा काज गरेको छ । सरुवासँगै विभिन्न महत्वपूर्ण प्रहरी कार्यालयमा नयाँ नेतृत्वको जिम्मेवारी तोकिएको छ ।
जारी सूचीअनुसार प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै, प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
त्यसैगरी, हाल काठमाडौं प्रहरी परिसरको नेतृत्व गरिरहेका एसएसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालयमा काज सरुवा गरिएको छ । ललितपुर प्रहरी परिसरको प्रमुखमा एसएसपी तुलबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ ।
प्रहरी संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको सरुवाअन्तर्गत देशभरका विभिन्न कार्यालयहरुमा कार्यरत ३३ जना एसएसपीको जिम्मेवारी हेरफेर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नयाँ जिम्मेवारी पाएसँगै सम्बन्धित जिल्लाहरूमा सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

सुचि यस प्रकार रहेकाे छ ।







